नियम
उपसमितिको गठन
(१) समितिले ऐनको दफा ६ बमोजिम देहायका उपसमितिहरू गठन गर्न सक्नेछ ः-
(क) जात अनुमोदन, उन्मोचन र दर्ता उपसमिति,
(ख) योजना तर्जुमा तथा अनुगमन उपसमिति,
(ग) गुणस्तर निर्धारण तथा व्यवस्था उपसमति ।
(२) उपनियम (१) मा उल्लेखित उपसमितिहरूका अतिरिक्त समितिले आफ्नो काम कारबाही व्यवस्थित गर्न आवश्यकतानुसार अन्य उपसमितिहरू गठन गर्न सक्नेछ ।
यसरी गठित उपसमितिहरूको काम, कर्तव्य र अधिकार समितिले तोके बमोजिम हुनेछ ।